National Jobs

हरि थापा/दोलखा

“नेपालमा काम नलागेको प्रमाणपत्र विदेशमा पनि लागेन”
मैले कहिल्यै अाफुलाई शिक्षित वर्गका राखिन सायद राखेको भए कुल्ली काम पनि पाउने थिएन म अाफु कुल्ली काम गर्ने भएर होला कुल्लीहरुको धेरै माया र सम्मान गर्छु एक मात्र क्षेत्र होला कुनै प्रतिशप्रधा नहुने हरेक क्षेत्रमा खुट्टा तान्ने प्रवृती हुन्छनै अारोप प्रत्यारोप को बाढी चलिरहन्छ
तर कुल्लीहरुमा सोच,तन,मन र धडकन को फरक अाभाष भेटाए ।

उ बेला कक्षा सात पढ्दा समाएर लगि जबरजस्ती जागीर दिने गर्थे रे हाम्रा बाजेहरु भन्नु हुन्थ्यो तर अहिले त्यसको दोब्बर पढ्दा पनि अबसर छैन विविएस पास गरेर के भयो र? बाह्र घण्टा सामान उठाउन परेको छ मेसिन चलाउन परेको छ यो पिडा हिसाब गरेर चुक्ता कहिल्यै हुदैन

नेपाल छाड्ने मन थिएन नेपालमा धेरै सम्भावनाहरु देखेको थिए म काठमाण्डोैमा कलेज पढ्दै पार्ट टाईम काम गर्थे म मार्केटिङ गर्थे ललितपुर जिल्लाको हरेक ब्यापारी संग घुलमील अाफन्त जस्तो चिन जान भईसकेको थियो।

मार्केटिङ काम गर्ने कुनै पनि सामान बेच्न सोचे जस्तो सजिलो पक्कै थिएन सायद गर्नेहरुलाई मात्र त्यो ब्यथा थाहा हुन्छ सुन्नेलाई त यो कथा नै हुन्छ ।

यसरी मैले लगभग पाच बर्ष सामान बेचेर जिवन विताए मेरो पढाई पनि निरन्तर अगाडी बढि रहेको थियो दुखले बाह्र पन्ध्र हजार अाज भन्दा पाच बर्ष अगाडी त्यो पनि पार्ट टाईम काम गरेर कमाउन सक्थे ।

मैले विदेश जान लागेका मेरो अग्रज दाई हरुलाई भन्ने गर्थे यहि केहि काम गर्नुस ब्यापार गर्नुस महिनाको यति फाईदा हुन्छ भनेर क्यालकुलेटर हानेर नाफा देखाई दिन्थे त्यो वेला म धेरै कम्पनीहरुका म्यानेजरहरु संग चिन जान परिचित भईसकेको थिए सधै बजार घुम्ने काम कसले नचिन्ने हामीलाइ ।

भित्ता भित्तामा विज्ञापनका पोष्टर टास्ने देखि पसलेहरुको तिन तलामाथी गएर विग्रेका सामान छानेर राम्रो राम्रो साटिदिएर साहुजी हरुलाई मख्ख पार्दै सामान भिडाउने सम्म गर्थे जे भए पनि मैले विश्वास जित्न सफल भएको थिई मैले जे सुकै सामान लगेर दिए पनि नाई नभन्ने मेरो भगवान जस्तो ग्राहक / साहुजी हरुलाई अहिले पनि सम्झिदै पछुताउछु ।

हरेक बर्षमा डिलरहरुको अफर गरिन्थ्यो यदि पुराना डिलरहरुले राम्रो गरिरहेको छ भने निरन्तर दिने हैन समयमा कारोवार राम्रो गरेको छैन भने जति सामान अाउटपुट हुनु पर्ने भएको छैन भने हेरेर कम्पनिका सरहरुले डिलर कसलाई दिने भन्ने कुराको फाईनल गर्नु हुन्थ्यो ।

अझ राम्रा राम्रा सामानको डिलर लिनु पर्दा त एरिया ईन्चार्ज लाई घुस नै दिने चलन थियो ठिकै खालका नर्मल सामानको भने सामान्य प्रकृया पुर्याएर दिने चलन थियो त्यो वेला लामो समय चोैधरी ग्रुपको सामान बेचेको ले मलाई पनि डिलरको अफर अाएको थियो ।

राम्रो संग सामान बेच्न सक्नेलाइ टार्गेट पुर्याए बापत कम्पनीले स्किम दिने सिस्टम थियो मैले पटक पटक टार्गेट पुर्याएर स्किम लिएको थिए त्यसैले ललितपुरमा डिलर कन्ट्याक सकिएकोले नयाँ डिलर खोज्नु पर्ने त्यो काम मेरो र डिलर ईन्चार्ज को हुन्थ्यो ।

Loading...

नयाँ डिलर हतपत लिने मान्छे कम नै हुन्छन यो अफर मलाई दिनु भएको थियो तर त्यो समय म अध्ययनरत थिए सम्भावना थिएन साथ गतिलो थियो न त पैसा नै थियो यति सम्म छुट दिएको हो डिलर लिन जति रकम डिपोजिट गर्नुपर्छ त्यसको अाधारकम दिए पनि डिलर दिने भन्ने मुरा भएको थियो त्यो मेरो लागी सुवर्ण अबसर थियो तर पैसा थिएन म एक्लै पढ्न बसेको थिए कसैको साथ पनि थिएन ।

मैले डिलर रद्दा गरे अबसर गुमाए म जागीर नै गर्छु भने जसले लिएपनि म त्यहि सामान बेची दिउला भने कुरा मिल्यो जब डिलर नयाँ भयो ईन्चार्ज पनि नयाँ खोजियो जबकी त्यो ईन्चार्जको हकदार म थिए विगत लामो समयदेखि निरन्तर सबैको अाखामा परेको थिए विश्वास थियो म नै हो त्यसको हकदार ।

दुर्भाग्यवस मेरो सपना उल्टियो त्यहाँ अाफ्नो मान्छे हालियो जसलाई ब्यापार बजारको बारेमा ब पनि थाहा थिएन, हैन उसको योग्यता मेरो भन्दा बढि भएको भए म सहजै स्विकार गर्थे तर न त कुनै अनुभव,ज्ञान न त योग्यता नै त्यसरी नयाँ मान्छे ल्याएपछि मैले केहि देखिन केहि बुझिन र बुझ्ने ठाउ पनि थिएन ।

त्यसपछि म भोैतारीए काम गर्ने जोस हरायो नेपाल बस्न एकरती पनि मन भएन यस्तो अत्याचार अाफैलाई घिन लाग्दै थियो कति सम्मको चलखेल हुने प्राईभेटमा त यस्तो छ सरकारीमा के होला सोच्दै म सिधा जावालाखेल गए मेनपावरमा बुझे पासपोर्ट थिएन हतारमा जिल्ला गएर बनाए अनि हतारमा झोक उठेर खाडी अाए ।

जहाँ मुल्याङकन गर्नु पर्ने थियो त्यो नै नभएपछि विदेश नसोचेको मैले हतारमा भिजा लगाए मेरा साथीभाईले भनेका थिए कोरिया भाषा सिक कोरिया जानु पर्छ तर मैले पटक पटक विदेशको कुरा छोड नेपालमा यस्ता अबसर छन दुई चार घण्टा काम गर्दा पुगेकै छ पछि अाफ्नै ब्यापार गर्ने भनेर साथीहरुलाई बुझाउथे तर समयअनुकुल नभए पछि मान्छे विकल्प खोज्दै दोैडिन पर्ने रहेछ।

म विदेश अाए मेरो यहाँ कुनै योग्यताको मतलभ भएन विविएस गरेका म जस्ता धेरै रहेछन सबै मोैन भएर काम गरिरहेका छन यहाँ पनि त्यस्तै चाप्लेसी चल्दो रहेछ जस्ले ठिक पार्छ साथीहरुका कुरा वोस हरुलाई सुटुक्क भन्छन त्यस्ताको मात्र प्रमोसन हुदो रहेछ विविएसको प्रमाणपत्र हुने ले बाह्र घण्टा मेसिन चलाउछन नेपालीमा नाम लेख्न नजान्ने हरु नेपालीको बोस बनेर बसेका छन काम लागेन प्रमाणपत्र ।

सायद अब नेपाल गएर ब्यापार गर्छु अनुभव राम्रो छ जाने ब्यापार भन्दा अरु केहि छैन नजाने ब्यापारले जोगी बनाउछ मेहनत ले मात्र हुदैन परिस्थिती हेरेर ब्यापार गर्नु पर्छ मलाई विश्वास छ म चाहि हरेक काम गर्न सक्छु हरेक कुरा म बाट मात्र सभावना छ भन्ने बुझ्छु ।

सायद कम नै हुन्छन मान्छे हरु यो पनि सक्दिन त्यो पनि सक्दिन तर म हरेक काम गर्न सक्छु अबसर मात्र हुनु पर्यो जस्ट वन चान्स यो मेरो अठोट हो दुख गर्नेलाई स्वदेश विदेश उस्तै हो जहा पनि दुख गर्नु पर्छ अाफ्नो देशमा त मनपरि चल्छ तर विदेशमा त्यस्तो हुदैन हरेक काम सिस्टममा चल्छ ब्यापार नै किन नहोस भिन्नता छ यो हामीले नेपाल फर्केर गर्ने सकिन्छ

यसलाई दुखमा मात्र हिसाब गरेर पनि दुख फिर्ता हुने छैन जे जति दुख भएपनि दुख सम्झेर निरास हुनु भन्दा अबका पुस्तालाई यस्तो दुख हुन नदिन हामीले के गर्ने भन्ने सोचेर काम अगाडि बढाउनुनै दाभदायक हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !