हेटौडा २३ पौष – हेटौँडा गोल्डकपको उपाधि बिभागिय टीम त्रिभुवन आर्मी क्लबले जितेको छ । हेटौलास्थित फेरेष्टि खेल मैदानमा आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधिमा कब्जा जमाएको हो ।
उपाधिसँगै आर्मीले नगद ५ लाख प्राप्त गरेको छ भने उपविजेता मनाङ मस्र्याङ्दीले ३ लाखमा चित्त बुझाएको छ । खेलको १८ औँ मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अघि रहेको आर्मीले दोश्रो हाफको अन्तिम समयमा खेलको ८४ औँ मनेटमा सन्तोष तामाङले गोल गरेपछि आर्मीले २–० को जित निकालेको हो ।
खेलको सुरुवाती समय मै मनाङका बिदेशी खेलाडिले गल्ती गरेपछि १० जनामा सिमीत भएको थियो । १९ औ मिनटमा नै रेफ्रीले ओलाओलेलाई मैदान बाहिर निकालेका थिए । दबाबमा परेको मनाङ्ग खेलमा फर्किन नसक्दा आर्मीले जित हात पारेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका सन्तोष तामाङ म्यान अफ द म्याच भएका छन् । प्रतियोगिताभर सर्वोत्कृष्ट प्रर्दशन गरेका आर्मी मिडफिल्डर सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी भए । उनले ५० हजार नगद प्राप्त गरे । त्यस्तै आर्मीकै विकेश कुथु उत्कृष्ट गोलकीपर, आर्मीकै भरत खवास बेष्ट फरवार्ड, आर्मीका प्रशिक्षक नविन न्यौपाने बेष्ट प्रशिक्षक तथा मनाङ मस्र्याङ्दीका विराज महर्जन बेष्ट डिफेन्डर हुँदै नगद १५–१५ हजार प्राप्त गरे । प्रतियोगिताकै अवसरमा पत्रकार प्रताप विष्टलाई १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो ।

Loading...