काठमाडौँ २५ पौष – लामो समयको स्थगन पछि हिजोदेखि सुरू व्यवस्थापिका–संसद्को बैठक आइतबार गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । आजको संसद बैठकमा स्थानीय तहको निर्वाचन सम्बन्धि विधेयक पेस हुँदा जनमोर्चाका सांसद डिल्ली काफ्लेले कोरम नपुगेको प्रश्न उठाएका थिए ।
त्यसपछि सभामुखले १५ मिनेट सूचनाका लागि घन्टी बजाउँदा पनि केवल ११६ जना सांसद मात्रै बैठकमा प्रवेश गरे पछि गणपुरक नपुगेको भन्दै बैठक स्थगित भएको छ । संसद बैठक संचालन गर्न १४९ जना सांसद उपस्थित हुनुपर्छ । बैठक सुरू हुँदा ४०४ जना सांसद भएकोमा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव हुनेबेला ११६ जना मात्रै थिए । संसद भवनभित्रका अधिकांश कुर्सीहरु खाली थिए । प्रतिपक्षका सांसद मात्रै होइनन् सत्तापक्षका सांसदहरु पनि अनुपस्थित रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !

Loading...