Loading...

नयाँ दिल्ली, २५ पौष – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धनलाई ठेगान लगाउने उद्घोषका साथ गरेको ठूला नोटमाथिको प्रतिबन्धले त्यहाँका लाखौं व्यक्तिले रोजगारी गुमाउनु बाध्य भएका छन् ।
सानादेखि ठूला उद्योगसम्म परेको नोटबन्दीको प्रभावका कारण १५ लाखभन्दा बढी मजदुरहरु बेरोजगार बनेको बताइएको छ ।
‘अल इन्डिया म्यानु फ्याक्चर्स अर्गनाइजेसन ’एआईएमओको एक अध्ययन अनुसार गत ८ नोभेम्बरदेखि १२ डिसेम्बरको बीच लाखौ नोकरीहरु गुमेका छन् । एआइएमओसँग भारतका १३ हजारभन्दा धेरै उद्योगधन्दाहरु आवद्ध रहेका छन् । यसका साथै करिब ३ लाख मानिस अप्रत्यक्ष रुपमा जोडिएका छन् ।
नोटबन्दीको असरको अध्ययन गर्नका लागि एआईएमओले एक टोली गठन गरेको थियो र संगठनसँग जोडिएका विभिन्न १४ इकाईबाट पनि तथ्यांक माग गरिएको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !

loading...