काठमाडाैँ २६ पाैष – शाही युवा शक्ति नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको पौष २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै अाह्वान गरेकाे उपत्यका बन्दको प्रभाब बिहानै देखि सामान्य परेकाे छ । तुलनात्मक रूपमा बिगतका बन्दकाे भन्दा अबस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । बिहानै देखि नीजि तथा सार्वजनिक सवारी साधनहरू निर्वाध रूपमा बिहानै देखि चलिरहेका छन् । लामाे तथा छाेटाे दूरीका सवारी साधनहरू पनि उपत्या भित्रने र बाहिरिने क्रम चलिरहेकाे प्रहरीले जनाएकाे छ।
युवा शक्तिले माइतिघर मण्डलामा पटक–पटक धर्ना दिएर सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै उपत्यका बन्दको घोषणा गरेको हो । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले विदेशी राष्ट्रपति आउँदा र विदेशी पर्वमा विदा दिने दलाल सरकारले पौष २७ गते विदा नदिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको र आम नेपाली नागरिकको अपमान गरेको भन्दै बन्दसहितको सशक्त आन्दोलन गर्नुपरेको बताए। राष्ट्र निर्माताको अपमान गर्ने विदेशीको दलाल पार्टी र झण्डा त्याग गरेर राष्ट्रको झण्डा बोकेर राष्ट्र जोगाउन आवश्यक रहेको भन्दै अध्यक्ष खड्काले सबै युवाहरुलाई सडकमा आउन आह्वान गरेका छन् ।

शैक्षिक हडतालकाे प्रभाब देशैभर

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले गरेकाे देशभरका शैक्षिक संस्था बन्दकाे प्रभाव पूर्णरूपमा परेकाे छ । उपत्यका सबैजसाे शैक्षिक संस्थारहरू बन्द छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निलम्बित प्रमूख लोकमानसिंह कार्कीमाथि कालोमोसो दल्ने आफ्ना दुई नेताहरुको रिहाइको माग गर्दै अखिल क्रान्तिकारीले आम शैक्षिक हडतालको घोषणा गरेको हो ।