National Jobs

काठमाडौ २६ पौष – विश्व फुटबलको सर्वोच्च सस्था फिफाले गए राती सन् २०१६ को उत्कृष्ट खेलाडी, प्रशिक्षक, उत्कृष्ट गोल, फिफा टिम र उत्कृष्ट फुटबल समर्थकलाई सम्मान गरेको छ । फिफाको मुख्यालय स्विजरल्याण्डको ज्युरिचमा सोमबार राति एक विशेष समारोहकाबीच फिफाले उक्त अवार्ड प्रदान गरेको हो ।


रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले फिफा प्रदान गर्दै आएको उत्कृष्ट खेलाडीको अवार्ड जितका छन् । उनले बार्सिलोनाका लियोनल मेस्सी र एथलेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।
फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो ।

जसमा रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाए । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए ।
यो अवार्डको लागि नेपालबाट राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ, मुख्य प्रशिक्षक जापानिज ग्योटुकी कोजी र खेल पत्रकार रितेश रिजालले भोट गरेका थिए ।

Loading...

हेराैँ नेपाली प्रतिनीधि कसले कसलार्इ भाेट दिए 

पुरुष टोलीका प्रशिक्षक ग्योतोकु कोजी:
प्रशिक्षक – १. योर्गेन क्लप २. डिएगो सिमिओनी ३. जोसेप गुआर्डीओला
खेलाडी – १. लिओनेल मेस्सी २. ग्यारेथ बेल ३. पल पोग्बा

पुरुष टोलीका कप्तान अनिल गुरुङ:
प्रशिक्षक – १. फर्नान्डो सान्तोस २. क्लौदियो र्यानेरी ३. जिनेदिन जिदान
खेलाडी – १. क्रिस्टियानो रोनाल्डो २. नेयमार ३. लिओनेल मेस्सी

महिला टोलीका प्रशिक्षक कुमार थापा:
प्रशिक्षक – १. सिल्विया नेइड २. मार्टिना ३. वोर्ल थोमसखेलाडी – १. कुमगाई साकी २. सिन्क्लेअर क्रिस्टिन ३. सारा डाब्रिट्ज

महिला टोलीका कप्तान लक्ष्मी कुमारी पौडेल: 
प्रशिक्षक – १. जिल एलिस २. हर्डम्यान जोन ३. जेरार्ड प्रेसर
खेलाडी – १. अमानडाइन हेनरी २. मार्टा ३.कुमागाई साकी

मिडिया प्रतिनीधि ‘द काठमाडौँ पोष्ट’का रितेश रिजाल
महिला प्रशिक्षक – १. जिल एलिस २. भादावो ओस्वल्दो ३. जोन हर्डम्यान
महिला खेलाडी – १. मार्टा २. क्यर्ली लोइड ३.सारा डाब्रिट्ज
पुरुष खेलाडी – १. लिओनेल मेस्सी २. क्रिस्टियानो रोनाल्डो ३. ग्यारेथ बेल
पुरुष प्रशिक्षक – १. फर्नान्डो सान्तोस २. डिएगो सिमिओनी ३. जोसेप गुआर्डीओला

यस्तो छ मत तालिका हेर्नुस्

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !

Loading...