चर्चित बलिउड अभिनेता ओम पूरीको मृत्यु सम्बन्धि विभिन्न समाचार आइरहेको बेला फेरी अर्को खबर आएको छ । एक भारतीय मिडियासँगको कुराकानीमा पुरीको निधनबारे उनकै जनसम्पर्क अधिकारकर्मी स्मिता सिंहले नया खुलासा गरेकी छिन् । ‘चर्चित अभिनेता ओम पुरीले आफ्नो मृत्यु नेपालमा आएर त्याग्ने भनेका थिए’ ।

स्मिताको अनुसार पुरीले अज्ञातवश लुम्बिनी जाने इच्छा व्यक्त गरेका थिए। पुरीले आफ्नो प्राण त्याग लुम्बिनीमै गर्न चाहेका थिए । साथै पुरीले ‘इन्सानियत’ नामको राजनीतिक पार्टी खोलेर विभिन्न नियम बनाउने इच्छा व्यक्त गरेको उनले बताइन । पुरी आफ्नो नकारात्मक छविका कारण तनावमा रहेका थिए भने नसीरउद्दीन शाहसँग अन्तिम दिनमा ओम निकै रिसाएका थिए ।

Loading...
Loading...

अधिकारकर्मी स्मिता सिंहसंग यस्तो भनेका थिए :
‘करिब एक हप्तादेखि मलाई ओम साहबले भनिरहेका थिए, ‘मलाई अज्ञातवस लुम्बिनी जानु छ जहाँ गौतम बुद्धको जन्म भएको थियो । म १५ दिनका लागि त्यहाँ जानेछु र कसैलाई पनि यसबारे जानकारी दिने छैन । म लुम्बिनीको गाउँमा बस्नेछु, मैनबत्ती र टर्चको सहाराले गुजारा गर्नेछु । म त्यही रुखमा बस्नेछु जहाँ गौतम बुद्ध बसेका थिए । म आफ्नो देह त्याग त्यही गर्नेछु ।’’
नसिर साहेब मेरो निकै नै पुरानो साथी हुन् । पहिले नसिरले मलाई ओम पुरी भनेर बोलाउथे तर अहिले ओम भन्छन ।नसिर साहबले मलाई कहिले पनि बुझेनन् । मिडिया होस् या फिल्मी क्षेत्रका मानिसहरुले मेरो बारेमा नराम्रो समाचार मात्र छाप्ने गर्छन। जब मेरो मृत्यु हुन्छ त्यतिबेला मात्र मेरो आवश्यकता बुझ्नेछन् र मेरो बारेमा खोजी गर्नेछन् सबैले । ‘एक दिन म मिडियालाई प्रश्न गर्नेछु, आखिर मेरो लागि तपाईंहरु किन नराम्रो खबर मात्र छाप्नुहुन्छ ? मेरो राम्रो कुराहरु पनि छाप्नुहोस् । शहिदमाथि गरेको टिप्पणीमा मलाई निकै नराम्रो लागेको थियो ।  प्रायश्चितका लागि म इटावामा शहिदको घर गएँ । १० लाख रुपैयाँको चेक दिएँ र माफी पनि मागें । यसमा किन कसैले कुरा उठाएन ? नराम्रो कुराको मात्र किन समाचार छाप्नुहुन्छ। ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !

loading...