काठमाडौँ २६ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी नारायण शाहको आदर नगर्नेहरु नेपाली आत्मा नै नभएकाहरु भएको बताएका छन् । पथ्वी जयन्तीको पर्व सन्ध्यामा सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले पूर्वाको योगदानको सम्मान गर्नु राष्ट्रिय लायित्व भएको भन्दै नेपाली आत्मा हुने स्वाभिमानी नेपालीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अनादर नगर्ने उल्लेख गर्नुभएको छ ।
सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिने पक्का भएपछि सरकारले पृथ्वी नारायण शाहको अनादर गरेको आशयमा थापाको यस्तो ट्वीट आएको हो ।

यसअघि आजै राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्ने बताएको थियो । पार्टिले आज राजधानिमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शाहको जन्मजयन्तीलाई औपचारिक रुपमा सरकारले एकता दिवस मनाउन आवश्यक रहेकोमा पार्टिले जोड दिएको हो । अध्यक्ष थापाले दोस्रो जनआन्दोलनको राप्रपामा सो जयन्तीलाई बिर्सिएर एकता दिवस मनाउने परम्परा अन्त्य गरिएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनुभएको थियो ।

Loading...