काठमाडौँ , २७ पुष – आज बुधबार २९५ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी जनस्तरमा मनाइदैछ । दिवसका अवरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई स्मरण गरिदैछ  । सार्वजनिक विदा दिइनुपर्ने आवाज उठिरहेका बेला सरकारले बिदा नदिएपछि पृथ्वी जयन्ती जनस्तरबाट मनाउन लागिएको हो ।

विस १७७९ साल पुष २७ गते जन्मिएका शाहले विभिन्न टुक्रे राज्यहरुलाई एकीकरण गरी अहिलेको सिगों नेपाल निर्माण गर्ने अभियन्ता १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका हुन् ,  २० वर्षको उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफू राजा भएदेखि नै नेपाल एकीकरण अभियानको आरम्भ गरेका थिए । नेपालको एकीकरणमा महत्वपुर्ण योगदान पुर्‍याएका शाहको  तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत जीवन ५३ वर्षको उमेरमै निधन भएपछि सकियो ।  तत्कालीन बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गरेर अहिलेको भन्दा झण्डै डेढ गुणा ठूलो नेपाल राष्ट्रको निर्माण गर्न पृथ्वीनारायण शाहले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेका  शाहले कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुदै एकीकरण अभियान अघि बढाएका थिए ।

दिवसकै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदैछ भने राप्रपाले सिंहदरवारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माला लगाउने र दिउँसो  चियापान गर्ने कार्यक्रम छ ।

Loading...