National Jobs

काठमाडौं २८ पौष – दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप आजदेखि शुरु हुँदै छ । श्रीलंकाको कोलोम्बामा हुने खेलमा भाग लिन ८ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली मंगलबार राती नै त्यसतर्फ प्रस्थान गरेको छ ।
पुरुष खेलाडीमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ छन् । महिलामा सोममाया थापामगर (कप्तान), सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठ छन् । प्रतियोगितामा नेपाली खेलाडीले रेगु र डबल्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो दक्षिण एसियाली सेपाकताक्रो सन् २०१३ मा नेपालले आयोजना गरेको थियो । पुरुष विधा मात्र समावेश उक्त संस्करणको डबल्स, रेगु र टिम इभेन्ट तीनैमा नेपालले रजत जितेको थियो। पहिलोमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले भाग लिएका थिए । यसपटक पनि यिनै पाँच राष्ट्र दोहोरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !