एजेन्सी २८ पौष – बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोनाले समग्रमा ४–३ को जित निकाल्द्रै अन्तिम आठको यात्रा तय गरेको थियो । उसको जितका लागि तीनै सुपरस्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले गोल गरेका थिए ।


स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । पहिलो लेगमा बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । समग्रमा ३–३ को अवस्थामा रहेको अवस्थामा मेस्सीको गोल निर्णायक बन्यो । उनले खेलकाे ७८ अाैँ मिेनेटमा गोल गरेका थिए ।


३५ औं मिनेटमा भलीमा गरेको त्यो गोल उनको क्लबका लागि सयौं गोल पनि थियो । पछिल्लो दुई बर्षमा मेस्सी,स्वारेज र नेयमार संयुक्तरुपमा गरेको त्यो ३ सयौं गोल हो । दोस्रो हाफको तीन मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । तर, ५२ औं मिनेटमा बिल्बाओका इनरिक साबोरिटले गोल गर्दै अन्तरलाई कम गरेका थिए । ७८ औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि बार्सिलोनाले जित हासिल गरेको हो ।

Loading...