अमेरिकाकाे न्यूयाेर्कमा तीन दिने बृहत्त नेपाल प्रर्दशनी तथा अन्तराष्ट्रिय ब्यापार मेला

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाण्डौ,११ बैशाख – अमेरीकाको न्यूरोर्कमा आगामी सेप्टेम्बर ३० तारिक देखि अक्टोबर २ सम्म तीनदिने बृहत्त ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ हुँदै छ ।यो प्रदर्शनीलाई विश्व बजारमा नेपालीहरुले आयोजना गरेको अहिले सम्मकै ठूलो प्रदर्शनीका रुपमा लिइएको छ । अहिलेसम्म नेपालीहरुले निजी क्षेत्रबाट अन्तराष्ट्रिय बजारमा यति ठूलो प्रदर्शनी नगरेको आयोजकको दावी छ ।

नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गराउन तथा व्यापार नेटवर्क स्थापित गर्ने उदेश्यले यस किसीमको प्रर्दशनी गर्न लागिएको एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले जानकारी दिए । एलएलसी अमेरीकाको मेरील्याण्ड राज्यमा दर्ता भएको नेपालीहरुको संस्था वल्र्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट कम्पनी हो । अमेरिका लगायतका विश्वका विभिन्न देशका खरिदकर्ताहरुलाई नेपाल ल्याएर ‘बिजनेश टु बिजनेश’ नेटवर्क सञ्चालन गर्न मद्धत गर्ने यो प्रदर्शनीमा नेपालको साना, घरेलु र मझौला उद्योगी सहाभागी हुने भएका छन् ।

प्रर्दशनीमा कृषि उत्पानहरु, बाँस, निगालो, कागजबाट बनेका सामान, प्लाष्टिक तथा माटोबाट बनेका सामान हस्तकला, चित्रकला, पस्मिना, गार्मेण्ट, टुरीज्म एण्ड ट्राभल एजेन्सीहरु, टे«किङ्ग, हाईकिङ्ग तथा जोखिमपूर्ण काम गर्ने पर्यटन उद्योगीहरुले आफ्ना उत्पादन, बस्तु तथा सेवाहरु राख्न सक्ने अध्यक्ष रेग्मीले बताए । विशेष गरी ईलामको चिया, गुल्मीको कफि, डोल्पाको यार्सा गुम्वा, जुम्लाको स्याउ, पाल्पाको ढाका÷करुवा उत्पादनलाई प्राथमिकता दिइएको छ ।नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारमा पुरयाउनु तथा नेपाललाई नै विश्व बजार सँग जोडनु मेलाको मुख्य उदेश्य रहेको उनको भनाई छ ।

प्रदर्शनीमा स्टल राख्न चाहनेहरुका लागि अप्रिल ३ तारिक बाट दर्ता प्रक्रिया खुल्ला गरिएको छ ,यो प्रकृया आगामी मेको अन्तिम सम्म जारी रहने जनाइएको छ । प्रर्दशनीमा राखिने वस्तु, सहभागी हुने ब्यक्तिको सख्या लगायतका बारेमा www.wbmconsultants.com खोलेर आफैले कम्पनीको बारेमा जानकारी गराउन सकिने समेत बताइएको छ ।

स्टलको शुल्क भनेर नतोकिए पनि विश्वभरी जुन ठाउँबाट आउने दुईजनालाई आउने जाने दुईतर्फि टिकट, बुथ भित्र चाहिने सामान र न्यूयोर्क पाँच दिन बस्न आउने जाने होटलको व्यवस्थाका लागि सात हजार चार सय ९९ डलर तिर्नु पर्ने छ । आफै सबै कुरा म्यानेज गर्नेका लागि भने बुथको मात्र ४ हजार ९ सय ९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पेमेण्टको प्रकृया चाहिँ आधा प्रतिशत पहिलै दर्ताको क्रममा गर्नुपर्ने र बाँकी आधा भिसा लिन जाने बेलासम्म तिर्नुपर्ने हुन्छ ।
नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । जसमा ७० प्रतिशत नेपालभित्रका र ३० प्रतिशत नेपाल बाहिरका उद्योगी व्यवसायीहरु सहभागि हुने अनुमान गरिएको छ ।
प्रर्दशनीलाई प्रबद्र्धन गर्न उद्योगवाणिज्य महासंघ, घरेलु उद्योग महासंघ, नेपाल पर्यटन बोर्ड र ट्राभल एण्ड टुर्स सोसिएसन (टान) ले सहयोग गरेको छ।

प्रकाशित : शनिबार, बैशाख ११, २०७३०४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अख्तियारको हिरासतमा रहेका कनकमणी बीर अस्पतालकाे आइसीयुमा