सुलोजा खड्का

नेपालको राजनितिक वृतको अनेकौ एतिहासिक र युगान्तकारी फेरबदलमा अंहम भूमिका निर्वाह गरी सामन्तवाददेखी एकतन्त्रात्मक जहाँनिया राणा शासनसंगै परम्परागत राजतन्त्रलाई चुनौती दिने सामर्थ्य युवा र विधार्थी आन्दोलनले नेपाल आमालाई दिएको छ । कलमको माध्यमबाट इतिहासको कुनै काल खण्डमा शिक्षाको ज्वालाले चैतन्य मार्गदर्शन देखाउने दुस्साहस आजसम्म पनि जिवन्त राख्न सक्छ भन्ने स्पष्ट पार्छ । कुनै समयको अशिक्षित नेपालमा ज्ञानबर्दक स्तम्भको अध्धयन गर्ने प्राज्ञिक प्रतिष्ठान हो , त्रिभुवन विश्वविद्यालय जुन नेपालको पुरानो र पहिलो विश्वविधालय हो ।

विगत केही दिनदेखी काउसोको विषय बनेको स्वतन्त्र विधार्थी युनियनको चुनाव यहि फागुन १४ गते हुने निष्कर्ष भएको छ । २०६५ चैत १४ देखि विभिन्न बाहानाबाजी र विवादको कारण दिशाहिन भएको यो बहस अन्तत निक्र्यौल निस्केको छ ।

युवा ,तरुण तथा विधार्थी संगठनको चर्को तगारोको बहस हुने उमेरको हदबन्दीको पाटोमा स्ववियुले २८ वर्ष उमेर हद किटानी गरेको  छ । उमेर हदबन्दी निर्हित मापदण्डको बारेमा विभिन्न दलताका तिनका भातृसंगठनबिच मतान्तर रहदै आएको छ । उमेरको बन्देजकै गफतन्त्र मोफसलका पसलदेखी चियाचमेना र सामाजिक संजालमा चर्काचर्की भएको प्रत्यक्ष छ । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बैठकबाट आएका भनाइबाट यसको पक्षधर र विपक्षधरबाट कस्तो परिणाम ल्याउने हो,आगामी प्रतिस्पर्धाले मापन गर्ने छ । तसर्थ त्रिविले दिएको अभिव्यक्ती अनुरुप यश मापदण्डले साच्चिकैका अध्ध्यनशिल विधार्थी मात्र भर्ना हुनेछन् , त्रिविलाई चरम राजनितिकरणबाट पन्छाउने अवसर हुन्छ र पटक पटक राजनितीको फरिया समात्न कै लागि बारम्बार अनावश्यक रुपमा भर्ना हुने सज्जन्वृन्दलाई कुण्ठित गर्न सकिन्छ भन्नू असान्दर्भिक दस्तावेजको खुलेआम प्रदर्शन गरिएको छ । यो धुव्रसत्य हो कि उमेरको किटानीले शिक्षण क्षेत्रको गरिमामा आँच पुर्याउने , आफ्नो तिकडम र होहल्ला गर्ने झुण्डलाई दरो झापड हानेको छ र अर्काथरी यहि विधानको लाभांस उठाउनेलाई सित्तैमा पाएको फर्सी सबित हुने निश्चित छ।

तर के शिक्षा क्षेत्र राजनितिको जुवारी खेल्ने  मैदान बन्नुमा विधार्थी र युवा संघका भातृसंस्थालाई मात्र दोषारोपण गर्न मिल्ला र ? धेरै टाढा जानै पर्दैन , यहि भएका शिक्षण पेशा अङ्गालेका उच्च शिष्टाचार प्रकट गर्ने महानुभावहरु कसरी उम्किन सक्नु हुन्छ ? अन्तर्राष्ट्रिय मान्यताले स्विकारोक्ती दिन सक्छ परन्तु हाम्रो आन्तरिक राजनितिक जगतको माटोमा सुहाउँदो कदापी हुन सक्दैन ।

पढाईको साटो आजका पिढी राजनितिको लागि लिडेढिपी गर्नुको श्रेयस्करको पात्र हाम्रो शिक्षा प्रणाली जिवनपद्रति अनुसार  भु-उपयोगी नहुनु र सैद्धान्तिक  जडान  हुनु मात्र यस्को प्रमुख कारण हो । नेपालको कुनाकन्दरा , उच्च  शिक्षाको  दिप नपुगेको कुनाकाप्चाको नेपाली भु-भाग ,गाउँठाउँबाट राजधानीको आवादिमा निरन्तर थपिनु पनि समस्या नै हो । निजि क्षेत्रको पढाइ राजधानिको नाना,खाना,छानामा नै स्वाहा हुदाँ लाखौलाखको पुँजिको लगानी सम्भव छ र ?

हजारहजार र लाखौंलाखलाई जिवन्त पार्ने यो सर्टिफिकेट बिकाउने र टिकाउने संयन्त्र सरकारको शिक्षा नियमावलीमा महत्वको साथ राखियोस , अवस्य विधार्थीको आकर्षक घट्ने छ ।

आधुनिकीकरणको विश्वव्यापी संजालको दायरामा उभिरहदाँ कालोपाटी सेतोपाटी भयो, चकलाई मार्करले र परम्परागत शिक्षालाई प्रविधिको विकासले छोप्यो । उदार अर्थतन्त्रको नाममा निजि शिक्षालयले मनपरी ढङ्गबाट असुल्ने शिक्षाले सर्टिफिकेटको चाङलाई बढावा दिने काम गरेको छ । पुँजिलाई तलतिर खन्याएर  माथितिर भविष्य खोज्नुपर्ने जटिलता छ ।

त्रिवि विश्वविधालय र यिनको मातहत अन्तर्गत उच्च शिक्षाका निम्ति रहेका सरकारी कलेज राजनीति र गैरराजनीतिको अखडा बनाइनुको मुख्य कारणहरु के हुन सक्लान् ? पहिलो कारण हाम्रो शिक्षाको संरचना यति धरापमा छ कि यहि शैक्षिक संस्था आफुहरु विज्ञ ठान्ने र आफ्नो विज्ञताको नालायकीपन देखाई राजनितीलाई प्रश्रय दिने खालका छन । नेपालमा दलहरुसम्बद्र भातृसंगठनमा आजको आम युवापुस्ता आश्रीत हुनुको केन्द्रबिन्दु अभाव नै अभावले जकडिको क्रान्तिको उन्माद हो । नेपालीको प्रत्येक घरमा नेतृत्व होइन नेतागण जन्मनुको स्वामित्व हाम्रो शासन व्यवस्थालाई जान्छ । आज यथार्थमा ३ करोड नेपाली जनता पार्टीगत रुपमा विभाजित भएका छन् । हामी जातोमा पिसेको मकैसरी पिल्सेका छौ ।

संभ्रान्त , धनाढ्य , नवधनाढ्यको छोराछोरी निजहरूको युरोप यात्रा हुन्छ भने हामी विपन्न , सरकारी कलेजबाट पक्षपोषण भएकाको एक मात्र गन्तव्य खाडितन्त्र  हो ।

हामिले विश्वको वैचारिक संघर्षको हुटहुटिको पृथक पृथक दर्शन , सिद्धान्त र नीतिशास्त्रको परिकल्पना गर्यौ, कुलिनतन्त्रदेखी संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुकमा परिमार्जन गर्दा हामी युवा जमात चन्द्रसुर्य अंकित झण्डाभन्दा बहुलवादी दलहरुका चारपाटे रंगीन झण्डामा ताण्डव मच्चाउन पुग्यौ । विभिन्न बहानामा राजनितिमा झण्डागतको मसिया बनाउनु र आन्दोलनको डमी बनाएर विधार्थीलाई होम्याउनु सरहानिय हुन सक्दैन ।

उर्जावान युवा जनशक्तिलाई सदुपयोग नगरी लम्पसार पार्नु , सिंहदरबारको ढोकादेखि सम्पुर्ण निकायमा सिन्डिकेटको शिकार हुनु विधार्थी राजनितिको नङ्गनता होईन ।

भारतका योगगुरु नेपालमा आएर आयुर्वेदको उधोग खोली नेपालको जनशक्तिलाई स्वरोजगार दिने प्रण गर्दा समेत हाम्रो राष्ट्रमा हामीमाथी हैकमवाद जमाउदा हामी निरीह भई  खुसीको बिगुल फुक्न बाध्य छौ

हाम्रो मुलुकको प्राकृतिक स्रोत, जल र खानिमाथी यो देशको नागरिकको मात्र क्षेत्राधिकार हुन्छ , हाम्रो मौलिक सम्पत्तिमाथी दोहन र अतिक्रमण हुँदा सामान्य लिन विवश छौ । बजेट खर्च गर्न नसकी थन्केर फ्रीज्ड मुद्रा किन युवामा लगानी गर्न नसकेको हो । हो, हामी राजनितिमा फलामको चुम्बक सरह टासिनुको वैज्ञानिक उपचार छैन । सर्वोच्च अदालतले जारी गरेको परमादेशको अवज्ञा नगरि  र निर्वाचन  समय अवधी मै प्रत्यक्ष , समानुपातिक अथवा मिश्रित प्रणालीबाट नव नेतृत्वको दृष्टान्त हुन जरुरी छ ।  स्ववियु निर्वाचनको प्रचारबाजिको क्रममा “बाल पेन्टिङ” को निहुँमा नेविसंघकि नेत्री सीता मिजारमाथी भएको सांघातिक आक्रमणको निष्पक्ष छानबिन गरि ,जुनसुकै विधार्थी संगठनले यस्तो निर्मम र अनैतिक किसिमको क्रियाकलापलाई निरुत्साहित गरि आफुनिकट विधार्थीलाई नियमन गरि आफ्नो संगठनको मर्यादाको दायरामा राख्न सक्नुपर्छ ।

त्रिवि लोककल्याणकारी संस्था हो भने हामी युवा वर्गलाई उमेरको हदबन्दीले नियन्त्रण गर्न सकिन्न भन्ने कुरा मनन गर्नु पर्छ । समुन्नत राजनीतिक अस्तित्वमा कुनै बन्देजको डोरी लगाउन हुन्न र स्वयंम निर्वाचनका अभिभारा बोकेका जिम्मेवारी व्यक्तिले विचारविमर्श गरि सर्वोपरी हितमा निर्वाचन सम्पन्न होस । जय नेपाल !!!

लेखक नेपाल तरुण दलमा आबद्ध हुनुहुन्छ ।

Loading...