काठमाडौं,  अहिले बलिउडमा राम्रै हाईप् पाइरहेको बरुण धवनको बहुप्रतिक्षित चलचित्र ‘जुडुवा २’ लाई लिएर रोचक प्रसङ्ग बाहिर आएको छ। यो चलचित्र १९९७ मा रिलिज भएको सलमान खानको कमेडी फिल्म ‘जुडुवा’को रिमेक भएको बताइएको छ। बरुणका साथमा स्क्रीन शेअर गरेका ज्याकिलन फर्नान्डिस अनि तापसी पन्नू पनि प्रमोशनमा जुटीरहेका छन्।बलिउडमा यस फिल्मको ‘चलती है क्या ९ से १२’ बोलको गीतले राम्रै स्थान पाईरहदा पन्नुले  इन्स्टाग्राममा शेयर गरेको भिडियोले पनि राम्रै चर्चा पाइरहेको छ। ‘चलती है क्या ९ से १२’ बोलको गीतको सुटिङ को बेला बरुणको किक तापसीलाई लाग्न पुग्छ अनि किक लागेपछि तापसी चिच्यायको भिडियोमा देख्न सकिन्छ।