काठमाडौं, २८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट भक्तपुरको बालकोट–३ का ३२ वर्षीय राजन बस्नेतलाई करीब ७ लाख ३१ हजार ७ सय ७५ रुपैयाँ बराबरको १ सय ५० ग्राम तौल हुन आउने ३ थान सुनका बाला सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कतार एयरवेजमा कतारको दोहाबाट काठमाडौं आएका बस्नेतलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलामा अवैध रुपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त सुन फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बरामद सुन र बस्नेतलाई आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंमा पठाइएको छ ।