एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ९ औँ हजुरबुबा बनेका छन्। राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पकी पत्नी लाराले मंगलवार छोरा जन्माएकी हुन्।

अमेरिकी राष्ट्रपती ट्रम्पले आफ्नो घरमा जन्म लिएका नयाँ पाहुनाको नाम एरिक “ल्यूक” रखिएको जनाएका छ । ट्वीट गर्दै ट्रम्पले आफ्नो घरमा नयाँ पाहुनाको जन्म भएको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले ट्वीटमै आफ्ना छोरा र बुहारीलाई पुत्रलाभको लागि बधाई दिएका छन् ।