इटहरी २८ भदौ – नेपाल आइडलका प्रतियोगि निशान भट्टराईलाई प्रहरी चौकीमा लगिएको छ । नेपाल आईडल फाईनलको संघारमै आईपुग्न लाग्दा उत्कृष्ट ३ मध्येका एक भट्टराई पूर्वका बिभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागि हुने क्रममा आज इटहरीमा उनलाई प्रहरीले चौकी पु¥याएको हो ।

बिराटनगरमा कार्यक्रम सकेर ईटहरी आईपुगेका उनलाई घण्टौ अघिदेखि फ्यान तथा सुभचिन्तकले पर्खिरहेका थिए । हजारौं फ्यान माझ जब उनी झुल्किए अनि माहौलले अर्कै रुप लियो ।

कार्यक्रम स्थल आउनु पहिले नै उनले भ्यानबाट आफ्ना फ्यानलाई हात हल्लाउदै आएपछि भने हल्ला र सुसेलिले ईटहरी चोक गुन्जयमान बन्यो । उनी स्टेज चडे तर ट्र्याकमा गीत गाउन थाले पछि हल्लाले गर्दा उनले ट्र्याक बिनै मुखले मात्र यो गाउको ठिटो म लगायतका गीत गाउदै दर्शक झुमाए भने भोट अपिल पनि गरे ।

भिड थाम्न नसके पछि उनलाई स्टेजबाट ओराल्न हम्म–हम्मे पर्यो । अन्ततः उनलाई प्रहरी चौकी पुर्याउनु पर्यो । उनलाई सुरक्षाका लागि इटहरी इलाका प्रहरी कार्यलयमा लगिएको छ । प्रहरीलाई निशानका फ्यानका भिड नियन्त्रण गर्न निकै कठिन परेको थियो इटहरीमा हजारौँको सहभागिता रहेको थियो ।

केहीबेर प्रहरी चौकीमा राखेर भिड समय भएपछि उनलाई प्रहरी स्कर्टिंगमा गृहनगर मोरङ्गको उर्लाबारी लागिएको थियो ।

के के भयो इटहरीमा हेरौँ यो भिडियो