काठमाडौँ २८ भदौ – नेपाल आइडलका उत्कृष्ट तीन प्रतियोगि मध्यका एक प्रतास दासलाई ललितपुरमा भब्य स्वागत गरिएको छ । एपी वान बाट प्रसारित नेपालको चर्चित रियालिटी सो नेपाल आइडलमा उत्कृष्ट ३ मा प्रबेश गरेका दासलाई स्वागत गर्न प्रतावका फ्यानहरुको बाक्लो घुइँचो लागेको थियो । उनका समर्थकहरुको भिडका कारण उनको सुरक्षाको लागि प्रहरी स्कटिङ्ग नै गर्नु परेको थियो । उनी यसअघि बनेपाको कार्यक्रम सकेर ललितपुरको स्वागत कार्यक्रममा सहभागि हुन आएका हुन् ।

यति बेला सर्वाधिक चर्चाको विषयमा रहेको नेपाल आइडल फाइनलमा पुगेको छ । जसमा बुद्ध लामा, प्रताप दास र निशान भट्टराइ रहेका छन् । नेपाल आइडलको फाइनल यही सेप्टेम्बर २१ तारिकमा कतारमा हुँदैछ ।

यो पनि पढ्नुहोस 

भोट माग्न गृहनगर गएका निशान भट्टराईलाई किन लगियो प्रहरी चौकी ?(भिडियो सहित)