भदौ २८, काठमाडौ – नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि चाबहिलमा रहेको ओम अस्पताल  अहिले तनावग्रस्त बनेको छ ।

नाकको हाड बाङ्गो भएपछी शल्यक्रिया शल्यक्रिया गरी सोझ्याउन आएकी बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको सल्यक्रिया गर्ने क्रममा अस्पतालमै मृत्यु भएपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको हो । भट्टराईलाई अस्पतालले आज दिउँसो मृतक घोषणा गरेको थियो ।

तर मृतकका आफन्तजानहरुले भने अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराजुलुस गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । मृतक परिवारले बिरामीको मृत्युबारे छानबिन हुनु पर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारे गरि माफी माग्नुपर्ने मृतकका आफन्तहरुले माग राखेका छन् । यदि माग पुरा नभएको खण्डमा आन्दोलनको घोषणा गर्ने उनीहरुले जनाए ।

यद्यपी, यता अस्पताल प्रशासनले भने कमलाको क्रममा नै मृत्यु भएको तर उपचारमा डाक्टरले कुनै पनि लापरवाही नगरेको भन्दै मृतकका आफन्तले लगाएको आरोप अस्विकार गरेका छ । अस्पताल भन्छ, ‘नाकको शल्यक्रिया सुन्दा सामान्य भएपनि संवेदनशिल अंग भएकाले यसको शल्यक्रियामा इन्फेक्सन बढी हुने हुँदा बिरामीको ज्यानै पनि ज्यानै पनि जान्छ ।’