एजेन्सी । ईराक र ईरानमा शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार राति ९ः१८ बजे (नेपाली समय अनुसार राति १२ः०३ बजे) ७ दशमलब २ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको भूकम्प सम्बन्धी अध्ययन गर्ने अमेरिकी भौगर्भिक विभाग युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे युएसजीएसले जनाएको छ ।

ईराक र ईरानको सिमा क्षेत्र हलाब्जा शहरको दक्षिणी भुभागलाई केन्द्र बनाएर गएको भुकम्पले राजधानी बग्दादसहित बिभिन्न क्षेत्रमा जोडदार कम्पन महसुस गरिएको  बताइएकाे छ । भुकम्पको धक्का कुवेत, युएई समेत महसुस भएको स्थानीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । कुवेत तथा युएईमा बैदेशिक राेजगारीका लागि ठूलाे सङ्ख्यामा नेपालीहरू जाने गरेका छन् ।