पछिल्लो केहि दिनयता अष्ट्रेलियाको भिसामा झन कडाइ हुदै आएको छ । अस्ट्रेलियाको अध्यागमन विभागले नोभेम्बर १८ तारिखदेखि लागू हुनेगरि नयाँ नियम बनाएको छ । जसमा भिसाका लागि नक्कली कागपत्र बनाएर झुठो विवरण पेश गर्नेलाई १० वर्षसम्म भिषा प्रतिबन्ध गरिने छ। साथै यो नियम कडाइका साथ पालना गरिने अध्यागमन बिभागले जनाएको छ ।

यो कानुन अध्यागमन नियमवालीको दफा ४ मा उल्लेख गरिएको छ । विद्यार्थी भिसा आवेदनमा नक्कली बैंक डकुमेन्ट, नक्कली बिवाह, झुठो कागजात पेश गर्ने जस्ता काम भएको र भ्रमण भिसामा समेत झुठा कागजात भेटिने गरेको कारण पनि यस्तो कडाइ गरिएको हुनसक्ने एक शैक्षिक एजेन्टले अनुमान गरेका छन् । अब नया नियम अर्को सातादेखि सुरू हुनेछ । यो भन्दा पहिले नक्कली विवाह गरि झुठो विवरण पेश गरेको थाहा पाइएमा एक वर्षको लागि मात्रै भिषा प्रतिबन्ध गरिन्थ्यो भने अहिले कडाइका साथ १० वर्षसम्म भिषा प्रतिबन्ध हुने भएको छ। साथै

अध्यागमन बिभागका अनुसार भिसा आवेदनमा थुप्रै झुठा बिवरण पेश गरेकै कारण अध्यागमन बिभागलाई छानबिन कार्यमा ढिलाइ भएकोले कठोर निर्णय गर्नु परेको जनाएको छ ।