काठमाडौं ।  आज मलेसियाको घरेलु मैदान बायुमास ओभलमा भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियाबिरुद्ध ८  विकेटको शानदार जित निकालेको छ।

फाईल फोटो

मलेसियाले नेपाललाई दिको ४६ रनको लक्ष्य ५.२ ओभरमा दुई विकेट गुमाएर सहजै पराजित गरेको हो । । आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाइ ४५ रन बनाएको थियो । सुरुमा निकै आक्रमक व्याटिङ गरेको मलेसियाले ५.४ ओभरमा ३३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ११।६ ओभरमा ४१ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने ४५ रन बनाउँदा सबै विकेट गुमायो
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिएका थिए ।

यदि यस्तो भएको खण्डमा नेपाल आजै सिधै सेमिफाइनलमा जाने

यसैबीच अब, यदि सेमिफाइनलमा सहजै प्रवेश गर्ने हो भने  नेपालले मलेसियालाई राम्रो रन रेटसहित पराजित गर्नुपर्ने हुन्छ । जुन नेपालले आफ्नो तर्फबाट पुरा गर्यो। उसले मलेसियालाई मात्र ५.२ ओभरमै २ विकेटको क्षेतिमा ४६ रनको लक्ष्य पुरा गर्यो। अब समूह एमा आज भारतले बंगालदेशलाई पराजित गरेको खण्डमा र नेपालले मलेसियालाई पराजित गरे तीन जना टोलीको समान चार अंक हुनेछ । यसमा रन रेट महत्वपूर्ण हुनेछ । तीन टोली मध्ये नेपालको रन रेट सबैभन्दा कम रहेको छ ।

तर, यदि बंगालदेशले भारतलाई पराजित गरेको खण्डमा भने नेपाल स्वतः अर्को चरण अर्थात्मा सेमिफईनालमा जानेछ। अब यसरी हेर्दा नेपाल सेमिफाइनलमा सहजै प्रवेश गर्छ वा गर्दैन भन्ने कुराको निर्धारण भारत र बंगलादेशबीचको खेलको नतिजाले गर्नेछ ।