काठमाडौँ – अहिले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ । अब नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्दैछ।

यसैबीच अब, यदि सेमिफाइनलमा सहजै प्रवेश गर्ने हो भने  नेपालले मलेसियालाई राम्रो रन रेटसहित पराजित गर्नुपर्ने हुन्छ । जुन नेपालले आफ्नो तर्फबाट पुरा गर्यो। उसले मलेसियालाई मात्र ५.२ ओभरमै २ विकेटको क्षेतिमा ४६ रनको लक्ष्य पुरा गर्यो। अब समूह एमा आज भारतले बंगालदेशलाई पराजित गरेको खण्डमा र नेपालले मलेसियालाई पराजित गरे तीन जना टोलीको समान चार अंक हुनेछ । यसमा रन रेट महत्वपूर्ण हुनेछ । तीन टोली मध्ये नेपालको रन रेट सबैभन्दा कम रहेको छ ।

तर, यदि बंगालदेशले भारतलाई पराजित गरेको खण्डमा भने नेपाल स्वतः अर्को चरण अर्थात्मा सेमिफईनालमा जानेछ। अब यसरी हेर्दा नेपाल सेमिफाइनलमा सहजै प्रवेश गर्छ वा गर्दैन भन्ने कुराको निर्धारण भारत र बंगलादेशबीचको खेलको नतिजाले गर्नेछ ।