सिन्धुपाल्चोक – नेपाली काँग्रेसले चुनावकै पूर्वसन्ध्यामा मतदातालाई प्रलोभनमा परि भाेट माग्ने उदेश्यले सिरक वितरण गर्न ट्रकहरु मार्फत  लैजादै गर्दा प्रहरीले बरामत गरेको छ ।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ स्थित त्रिपुरासुन्दरी गाउपालिकाको धुस्कुनमा सिरक वितरण गर्न लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामत गरि लामोसाघु ब्यारेकमा राखेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छ । काङ्ग्रेसले लागेको चुनावी सभामा त्यहाँका जनताहरुलाई बितरण गर्न भनी सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउपालिकाको धुस्कुनमा ट्रकहरु भरी सिरकको खात बोकेर लगिँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

नेपाली काङ्ग्रेसले चुनावकाे मुखैमा जनतालाई प्रलोभनमा परि भाेट फकाउन ट्रकभारी सिरक बोकेर त्रिपुरा सुन्दरिगाउपालिका भित्र्याउने दाउमा रहेका बेला सशस्त्र प्रहरी धुस्कुनले सालघारिमा चेकजाँच गर्ने क्रममा समातेको थियो।

यस क्षेत्रबाट प्रतिनिधि सभामा कांग्रेसका तर्फबाट उम्मेदवार काँग्रेस नेता मोहन बस्नेत उठेका छन् भने बाम गठबन्धनको तर्फबाट माओबादी नेता अग्नि सापकोटा चुनावी प्रतिस्पर्धामा रहेका छन्। त्यसै प्रदेश सभामा क्षेत्र नम्बर १ (क) पर्ने उक्त स्थानबाट  बाम गठबन्धनको तर्फबाट एमाले नेता अरुण नेपाल र काङ्ग्रेस बाट बिष्णु खत्री आमनेसामने हुदैछन।

उता यस घटनाको बारेमा बोल्दै काँग्रेस नेता एवं धुस्कुनका स्थानीय वलदेव तिमिल्सिनाले भने आफुलाई बदनाम गर्ने उद्देश्यले बामपन्थीहरुले यस्तो प्रचार गरेको आरोप लगाएको छन ।