काठमाडाैँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गुन्डा नाइने समिरमान सिंह बस्नेतले गराएको खुलेको छ । गोली हान्ने सुटरसहित बस्नेतका सहयोगीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।


सुटर राजिव लामासहितलाई प्रहरीले मंगलबार दिउसो सार्वजनिक गरेकाे छ । पैसा मागेकामा नदिएपछि नै बस्नेतले हत्या गरेको खुलेको हो । बस्नेत भने फरार छन् । पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन्।


समिरमान प्रहरी मुठभेडमा मारिएका कुमार घैंटेका पार्टनर हुन् । घैंटको मृत्युपछि उनी फरार छन् । गत २३ असोजमा शान्तिनगरमा गौचनको हत्या भएको थियो ।