काठमाडौँ । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान (जनपद) तर्फ गत वर्ष  माघ २० गते २ हजार ६ सय ७८ जना नयाँ भर्नाका लागि गरेको विज्ञापन अनुसार लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखा नक्सालले सोमबार एक सूचना प्रकाशित गरी अन्तिम परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको नाम सार्वजनिक गरेको हो ।

प्रहरी प्रधान कार्यालयले अन्तिम परीक्षामा उत्तीर्णहरुलाई नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र ४-४ प्रति पासपोर्ट साइजको फोटोसहित मंसिर ४ गते ११ बजे सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित हुन भनेको छ ।

प्रहरी जवानको अन्तिम नतिजा यहाँ हेर्नुहोस्