रसुवामा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप, प्रहरीद्वारा १३ राउण्ड हवाइ फायर

[sharethis-inline-buttons]
Leaderboard Banner

रसुवा, ८ मंसिर । रसुवा जिल्लामा मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि प्रहरीले हवाई फायरिङ गरेको छ । बिहीबार राति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको हो ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको प्रहरीले जनाएको छ । अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए । मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले बताए ।

प्रकाशित : शुक्रबार, मङि्सर ०८, २०७४०९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चुनावपछि नयाँ युग : ओली