काठमाडौँ –  आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाले युएईविरूद्ध पहिले ब्याटिंग गर्दै २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदानमा टस जितेर युएईले नेपाललाई पहिले ब्याटिंगको निम्तो दिएको थियो। निम्तो स्वीकार्दै मैदानमा उत्रेको नेपालले निर्धारित ५० ओभर खेल्दै ६ विकेटको क्षेतिमा २२१ रन बनाएको हो।

नेपालको सम्मानजनक स्कोर खाडा गर्न उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले अर्धशतकीय परि खेलेका थिए। मल्लले ८९ बलमा ५४ रन बनाए भने भेषवाकरले ९५ बलमा ८१ रन को योगदान गरे। ओपनर दिलिप नाथ आउट भएपछि १४.६ ओभरमा क्रिजमा आएका भेसवाकर एकातिर मैदानमा डटिरहँदा अर्कातिर भने खेलाडीहरु आउने र जाने क्रम चलिरहेको थियो।

शरदकै शानदार प्रदर्शनको बदौलत  नेपाले २२२ रनको लक्ष्य युएईमाझ प्रस्तुत गर्न सफल रह्यो।  युएईले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ।