दोहा, २० मङसिर । कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायता देखि नै आर्थिक नाकाबन्दी जारी नै राखेका छन । त पनि यसबाट कतारको आर्थिक बृद्धिमा कुनै असर नपरेको बताइएको छ ।

कतारको बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिनुभएको छ । उहाँले छिमेकी मुलुकहरुमा नाकाबन्दी कायमै रहेका बेला पनि कतारमा नाकाबन्दी नरोकिएको जनाउनुभएको हो । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरुमध्ये कतारमा विगतका बर्षहरुको तुलनामा नै यस वर्षपनि सबैभन्दा धेरै आर्थिक बृद्धि भएको बताउनुभयो । कतारका सरकारी समाचार संस्थाहरुले सो जानकारी दिएका पनि बताइएको छ । कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि यहाँको आर्थिक बृद्धिमा कुनै कमी नआएको उहाँलाई उद्धृतगर्दै दिइएको समाचारमा उल्लेख गरिएको छ ।

गभर्नर अल थानीले आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने बताउनु भयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो । आन्तरिक राजनीतिक विवादका कारण साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ) ले गएको जुन महिनादेखि नै कतारमाथी कूटनीतिक समस्या देखाएर नाकाबन्दी गरेका जारी राखेका छन् । कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप ती छिमेकी देशहरुको छ ।

नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । त्यसमा इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि उनीहरुको माग छ ।तर ती १३ बुँदै शर्तहरुमा कतारले सम्झौता नगरेपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ ।