एजेन्सी, च्याम्पियन्स लिग फुटबलको बुधबार राति भएको समूह चरण्को अन्तिम खेलमा स्पेनिस क्लब रियल मड्रिडले बोरुसिया डर्टमण्डलाई ३–२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लबका फरवार्ड क्रिष्टियानो रोनाल्डो, बोर्जा मायोरल र लुकास भाजक्वेजनले समान एक एका गोल गरेका थिए । त्यसैगरी, पिएर एमरिक औबामेयाङ एक्लैले दुई गोल गरेर बोरुसिया डर्टसियालाई अग्रता दिलाएका थिए । सान्टियागो बेर्नाबेउमा खेलको आठौं मिनेटमा गोल मायोरलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

खेलको १२ औं मिनेटमा रोनाल्डोले रियलको अग्रता दोब्बर पारे । यो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा अर्को कोशेढुंगा पुरा गरे । रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडीको किर्तिमान बनाएका हुन् । यो सिजन समूह चरणका सबै खेलमा गोल गरेका रोनाल्डोको यो ११४ औं च्याम्पियन्स लिग गोल समेत हो ।

खेलको ४३ औं मिनेटमा डर्टमण्डका औबामेयाङले एक गोल फर्काएपछि पहिलो हाफमा रियल २ – १ ले अघि रह्यो । दोस्रो हाफको ४८ औं मिनेटमा औबामेयाङले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २ – २ को बराबरीमा पुग्यो । तर, खेलको ८१ औं मिनेटमा भाजक्वेजले गोल गर्दै रियललाई ३ – १ को महत्वपूर्ण जित दिलाए ।

यो जितपछि यसअघि नै अन्तिम १६ मा पुगिसकेको रियल समूह एचको समूह उपविजेता बन्यो । रियलले ६ खेलबाट १३ अंक जोड्यो । यो समूहबाट इन्ग्लिश क्लब टोटनह्याम समूह बिजेता बन्यो ।

बुधबार राति नै एपोइल निकोसियालाई ३–० ले पराजित गरेको टोटनह्यामले ६ खेलबाट १६ अंक जोड्यो । टोटनह्यामको जितमा सन मिन,लोरेन्ट कोरिएल्नी र एकोउडोउले समान एक एक गोल गरे । यो समूहबाट डर्टमण्ड र निकोसिया समूह चरणबाटै बाहिरियो ।