काठमाडाैँ । कुनै बेला रत्मपार्ककाे पिपलकाे रूखमा बसेर नानाथरी बाेलिरहने मुकुन्द घिमिरे मुकुन्देले अहिले सामाजिक सञ्जालमार्फत अाफ्ना कुराहरू राख्ने गरेका छन् । समसामयिक बिषायमा अाफ्नाे धारणा राखिरहने उनले दाेस्राे चरणकाे प्रतिनीधि सभा तथा प्रदेश सभाकाे मतदान सकिए लगत्तै प्रमूख राजनीतिक दलका नेताहरूमाथि तिखाे ब्यङ्ग प्रहार गरेका छन् । उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कडा शब्दमा ब्यङ्ग गरेका छन् ।

उनले लेखेका छन् ”यो कर्मकाण्डीय चुनावले सत्ताको खेलमा स्वाभाविक कटफट गर्छ, हेन्सम दाहाललाई जोकर पर्छ, रमाइला ओलीले एक्का तानेर गलेका देउवालाई दुक्की पल्टाईदिन्छन्, हँसिला राजा बादशाह छँदैछन्, रुञ्चे जनताले पाउनुपर्ने जीतौरी भनिएको म्यादी गणतन्त्र ०७५ जेठ १९ गते गुम्छ। 😈”