बुटवल, २१ मंसिर  – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा रुपन्देहीमा ७० प्रतिशत मतदान भएको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अध्योध्याप्रसाद भण्डारीका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र प्रारम्भिक विवरणअनुसार करिब ७० प्रतिशत मत खसेको छ । आजै साँझदेखि मतपेटिका संकलन गरी शुक्रबार बिहानदेखि मतगणना शुरु गरिने उहाँले बताउनुभयो । क्षेत्र नं १, २ र ३ को भैरहवा बहुमुखी क्याम्पस र क्षेत्र नं ४ र ५ को शैक्षिक तालिम केन्द्र बसडिलवामा मतगणना गरिनेछ ।