नुवाकोट । नुवाकोट मतगणनाको सम्पुर्ण तयारी पुरा भएको छ । मतगणनाको लागि सम्पुर्ण तयारीपुरा भएको र तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यलय नुवाकोटले केहि वेरमा नै मतगणना शुरु हुने जनाएको छ । प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ४ क्षेत्र रहेको नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं. २ र त्यस अन्र्तगतका प्रदेश सभा र शहकारी डिभिजन कार्यालयको भवनमा क्षेत्र नं. १ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र त्यस अन्र्तगतका प्रदेश तहको मतगण्ना हुने जिल्ला निर्वाचन कार्यलय नुवाकोटले दिएको छ ।

दुई वटै निर्वाचन क्षेत्रमा तीन÷तीन वटा समूहलाई मतगणनाका लागि परिचालन गरिने उनले वताए । तारजाली लगाउनुका साथै सिसिटिभी क्यामेरा राखिएको मतगणनास्थलमा पारदर्शी, सुरक्षित र व्यवस्थित रुपमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी यज्ञ पुरीले जानकारी दिए ।

पहिलो चरणमा मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको मतगणना तत्काल गणना नभएपछि दुई सातासम्म मतदाता, दलका कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न गाह्रो भएको थियो । मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्लास्थित सुरक्षा निकाय र जिल्ला निवार्चन कार्यालयलाई हम्मेहम्मे परेको छ ।

प्रतिनिधि सभाको लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुवै

क्षेत्रको मतपेटीका फरक फरक स्थानमा राखिएको छ । क्षेत्र १ को मतपेटिका सदरमुकाम विदुरस्थित डिभिजन सहकारी कार्यालयमा र क्षेत्र २ को कोष तथा लेखा नियन्त्रणको कार्यालयमा राखिएका छन् ।