नेपालगन्ज, २१ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाँकेमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले प्रारम्भिक प्रतिशतमा केही घटबढ हुन सक्ने बताउनुभयो । मतदान केन्द्रबाट मतपेटिका संकलनको काम सकिएलगत्तै सर्वदलीय सहमतिका आधारमा मतगणना शुरु गरिने जनाइएको छ । मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको सभाकक्षमा हुने व्यवस्था मिलाइएको छ ।

यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुर्खेतमा ७० प्रतिशत मत खसेको छ ।