नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले(माओवादी तालमेलबाट सरकार गठन हुन्छ ।’ अ‍ेलीले भने ।आजको नागरिक दैनिकमा खबर छ ।

भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक समृद्धि र विकासका अजेण्डा बोकेर सरकारमा जान खोज्दा कानुनका छिद्र खोजेर प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको ओलीको आरोप छ ।