काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । अध्यक्ष ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार सोमबारदेखि ओली झाडा पखालाले ग्रस्त भएका हुन् । विरामीका कारण अध्यक्ष ओली  हिजो (सोमबार)  कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएको सचिवालयले जनायो।

विरामी भएका ओलीलाई  चिकित्सकहरुले औषधी दिएको र केही दिन घरमै आराम शुझाएका कारण ओली घरमै आराम गरेर बसेको  दिएको निजी सचिवालयले बताएको छ  । अहिले उनको अवस्था निरन्तर सुधार भैरहेको जनाईएको छ ।

आज पनि अध्यक्ष ओली निजि निवास बालकोटमै  आराम गरिरहेका छन् ।