विष्णु भण्डारी
विराट कोहलीको नेतृत्वमा रहेको भारतीय टिम सन् २०१७ को टेस्ट क्रिकेटमा एकछत्र राज गर्न सफल रह्यो । नहोस पनि कसरी ? यो समय भारत आईसिसिको नम्बर १ टिम मात्रै रहेन टेस्ट क्रिकेटमा लगातार नौ टेस्ट सिरिज पनि जित्यो । यसक्रममा कप्तान कोहलीले लगातार तीन दोहोरो शतक बनाए ।

गएको डिसेम्बरमा मात्रै चर्चित अभिनेत्री अनुष्का शर्मासगँ विवाह वन्धनमा वाँधिएका कोहली अहिले अनुष्कासँगै दक्षिण अफ्रिका पुगेका छन् ।

जनवरी ५ अर्थात आउदो शुक्रवारबाट भारत र दक्षिण अफ्रिका बिच पहिलो टेस्ट हुदैछ । तीन खेलको यो सिरिज भारतले जितेमा कोहलीको लागि नयाँ वर्षसँगै सुखद सुरुवात हुनेछ ।

भारतमा तेन्डुलकरपछि सर्वाधिक सफल ब्याट्सम्यानको रुपमा हेरिएको कोहली सामु यो सिरिज जित्नैपर्ने दवाब छ । भारतीय टिमले दक्षिण अफ्रिका भूमिमा अहिले सम्म टेस्ट सिरिज जित्न सकेको छैन ।

तर यस पटक भारतीय टिम निकै लयमा रहेको देखिन्छ कप्तान कोहली सगै ओपनरद्धय शिखर धवन र मुरली विजय अनि चेतेश्वर पुजारा र अजिंक्का रहाणे दक्षिण अफ्रिकाको लागि टाउको दुखाईको विषय बन्न सक्छन ।

यता फाप डुप्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकी टिममा निकै अनुभवी ब्याट्सम्यान र फास्ट बलरहरुलाई मद्दत गर्ने उक्त पिचहरुमा अनुभवी बलरहरु काजियो रबडा, डेल स्टिेन, मोर्ने मोर्केल जस्ता बलरहरु भारतीय ब्याट्सम्यानको लागि निकै चुनौतिपूर्ण बन्ने देखिन्छ ।

२९ वर्षीय कोहलीको लागि दक्षिण अफ्रिकि भूमिमा उसैलाई पराजित गर्न सकेको खण्डमा एउटा इतिहास रच्ने अवसर हुनेछ ।