सुक्खा पहिरोका कारण स्याफ्रु–रसुवागढी राजमार्ग बन्द!

[sharethis-inline-buttons]
Leaderboard Banner
सांकेतिक तस्विर

रसुवा, ३० वैशाख, सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो ।

प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताउनुभयो ।

साँघुरो सडक क्षेत्रमा ट्राफिक समस्या बढ्ने भएकाले केरुङबाट मालवस्तु लिएर आएका ट्रकलाई टिमुरेमा र मालवस्तु लिन केरुङ जाने सवारीसाधनलाई बेत्रावतीमा रोकी राखिएको छ ।

केहीबेर अगाडि सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको बताइएको छ ।-रासस

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिजो राति बन्दुकधारीद्वारा सत्र जनाको हत्या ! दर्जनौँ मानिस घाइते !