टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको घटनास्थलमै मृत्यु !

[sharethis-inline-buttons]
Leaderboard Banner

काठमाडौँ- धनुषामा एक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सवार दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। दुर्घटना पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानीमा भएको हो।

ना१प ६१८९ नम्बरको टिपरले स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमानै मृत्यु भएको हो। ठक्कर दिने टिपर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको थियो भने मोटरसाइकल पनि सोहि दिशामानै जाँदै गरेको थियो।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई रहेका छन्। मृत्यु हुनेहरु दाजु-भाइ भएको बताइएको छ।

टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललार्इ ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् भने अहिले घटना लगतै राजमार्ग अवरुद्ध पनि भएको छ। मृतकहरुको शव पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।

ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित : बुधबार, भदौ २०, २०७५१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक संजालमा आफ्नो मजाकबारे बोलिन् अनुष्का शर्मा, यस्तो छ जवाफ!