सामाजिक संजालमा आफ्नो मजाकबारे बोलिन् अनुष्का शर्मा, यस्तो छ जवाफ!

[sharethis-inline-buttons]
Leaderboard Banner

एजेन्सी, अनुष्का शर्मा र वरुण धवनको फिल्म ‘सुई धागा’ हाल निकै नै चर्चामा छ । यससंगै अनुष्का शर्माको लगातार मेमेज पनि निकै भाइरल भैरहेको छ । सामाजिक संजालमा अनुष्काको मजाक उडिरहँदा उनि यसलाई भिन्नै नजरले हेर्छिन् । अनुष्का यसलाई एक कम्प्लिमेन्ट मान्दै भन्छिन्, ‘फिल्मको मेरो क्यारेक्टर मानिसको दिमागमा बसेको छ र उहाँहरु यसबाट निकै नै इन्स्पाएर हुनुभएको कारण यो सामाजिक संजालमा भाइरल भएको हो ।’

 

 

यो उल्लेखनीय छ कि अनुष्का ट्रेलरको एक दृश्यमा रोइरहेकी छिन् भने अर्को दृश्यमा एक सरल महिलाको रुपमा बसेकी छिन् । ति तस्वीरलाई सामाजिक संजालमा खुबै ट्रोलिंग गरिएको छ । यो स्पस्ट छ कि अनुष्का शर्माको घरेलु शैली सामाजिक संजालमा मजाक बनेता पनि ‘सुई धागा’ को राम्रै प्रोमोसन भैरहेको छ ।

अनुष्काले यस बारे भनेकी छिन्, ‘मलाई लाग्छ कि मेमेज अत्यन्तै हाँसोलाग्दा बनेका छन् । म आफैँ यि तस्विरहरुलाई वरुण, शरद र आफ्ना साथिहरुलाई शेयर गरिरहेकी छु । यो मेरो लागि कम्प्लिमेन्ट हो । ट्रेलर हेरेर मात्र पनि फिल्मको मेरो क्यारेक्टर मान्छेको दिमागमा बसेको छ । ममता एक यस्तो फिगर बनेकी छिन् जो हर कोहि संग कनेक्टेड छिन् । मेमेज आजकल सामान्य हो । मानिसहरु यो बनाउनको लागि आफ्नो समय समर्पित गर्छन् तर हाम्रो अवस्थामा यो ठुलो मात्रामा स्वचालित हुन्छ ।’

फिल्म ‘सुई धागा’को लागि वरुण र अनुष्काले धेरै मेहनत गरेका छन् । फिल्ममा आफ्नो क्यारेक्टर देखि लिएर आफ्नो लुक सम्म केहि पनि उनीहरुको लागि सामान्य थिएन । यि दुबैले आफ्नो क्यारेक्टरको निम्ति एकदमै मेहनत  गरेका छन् । फिल्म ‘सुई धागा’ को निकै चर्चा छ । यस फिल्ममा वरुण र अनुष्काको लुकले मानिसहरुको ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित : बुधबार, भदौ २०, २०७५१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा ! यी विद्यालय भए नेपालका उत्कृष्ट !