बढ्दै कोरोनाको रफ्तार: ५९ जिल्लामा पुग्यो ! कुन जिल्लामा कति ? [तथ्यांक सहित]

काठमाडौँ – नेपालमा सोमबार अहिले सम्मकै धेरै संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकै दिन २ सय २६ जना कोरोना भाइरस संक्रमित फेला परेका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

एकै दिन २ सय २६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म १ हजार ७ सय ९८ जना संक्रमित फेला परेका छन्।

कुन प्रदेशमा कति?

सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै भन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा फेला परेको जानकारी दिए। उनका अनुसार प्रदेश नम्बर २ मा अहिले सम्म संक्रमितको संख्या ६ सय ९४ पुगेको छ। प्रदेश २ का सबै जिल्लामा संक्रमण फेला परेको छ। प्रदेश २ पछि सबै भन्दा धेरै संक्रमित प्रदेश नम्बर ५ मा फेला परेका परेका छन्। अहिले सम्म त्यहाँ ६ सय २१ जना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार प्रदेश ५ का १० जिल्लामा संक्रमण देखिएको छ।

यस्तै प्रदेश १ को ९ जिल्लामा १ सय ६८ जना र बागमती प्रदेशको १२ जिल्लाका ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेशको ६ जिल्लामा २६ संक्रमित फेला परेका छन। सुदुरपश्चिम प्रदेशको ९ जिल्लामा ४५ जना कोरोना भाइरस संक्रमित फेला परेको देवकोटाले बताए। साथै पछिल्ला दिनहरुमा कर्णाली प्रदेशमा संक्रमितको संख्या लगातार बढ्ने क्रममा छ। अहिले सम्म कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ९८ पुगेको छ।

कुन जिल्लामा कति ?

सोमबार डोटीमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना पुष्टि हुने जिल्लाको संख्या ५९ पुगेको छ। सबै भन्दा धेरै संक्रमित कपिलवस्तु जिल्लामा फेला परेका छन्। कपिलवस्तु सहित बाँके र रौतहटमा पनि संक्रमण उच्च देखिएको छ।

सबै भन्दा धेरै संक्रमित फेला परेको कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ३ सय ९४ पुगेको छ। कपिलवस्तु पछाडी रौतहटमा ३ सय ३१ जना र बाँकेमा १ सय ९६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।

जिल्ला अनुसार विवरण निम्न छ –

श्रोत: www.coronanepal.live

प्रकाशित : सोमबार, जेठ १९, २०७७११:५६

राजपाले दर्ता गरायो संविधान संशोधन विधेयक !