जुम्ल्याहा बच्चाको फरक-फरक पिता, डाक्टर पनि अचम्मित परे

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडाैं – चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यस कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् ।

जब दम्पति आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए परीक्षपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकार हुने बित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए ।

सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन् ।  कारोबार दैनिकमा समाचार छ ।

प्रकाशित : आइतबार, चैत १७, २०७५०२:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन्दीप चम्कँदा २७ रन खर्चेर दुई विकेट लिए, दिल्लीलाई १६७ रनको चुनौती