३० वर्षपछि हरेक पुरुषले गर्नु पर्छ यी ६ जाँच, समयमै सचेत हुनुहोस्

काठमाडौँ : उमेरले उकालो लागेसँगै हरेक व्यक्तिलाई विभिन्न रोगहरुले च्याप्न थाल्छ र यस्तो समय पनि आउँछ जुनबेला मानिसहरु रोगहरुबाट बच्न विभिन्न तरिकाहरु खोज्न थाल्छन्। यद्यपि ३० वर्ष उमेरपछि यस्तो हुन् सुरु हुन्छ। त्यस्तै ३० वर्ष उमेरपछि पुरुषहरुका काधमा जिम्मेवारी थपिन्छ। यही उमेरमा पुरुष परिवार र करियरबीच सामञ्जस्यता कायम गर्ने पूरा कोशिशमा जुट्छन र यसैबीच उनीहरुलाई स्वास्थ्य समस्याहरुको शिकार हुने खतरा निकै बढ्छ। यस्तो अवस्थामा उनीहरुले समयमै सम्भावित स्वास्थ्य खतरा प्रति सचेत हुनु पर्छ। ३० वर्षको उमेरपछि पुरुषहरुमा प्राय: रोगहरुले डेरा जमाउने कोशिश गर्छन् तर केही स्वास्थ्य जाँचपछि उनीहरुले स्वयमलाई ती खतराबाट बचाउन सक्छन्। यदि तपाई सोच्दै हुनुहुन्छ होला कि आखिर ती जाँचहरु के-के हुन् जसले पुरुषहरुलाई भविष्यमा लाग्न सक्ने रोगहरुबाट बचाउन सक्छ।

३० वर्षपछि सबै पुरुषहरुले गर्नुपर्छ यी ६ जाँच

डायबिटिज
डायबिटिज कुनै साधारण रोग हैन, यसको कारण तपाईमा अन्य थुप्रै समस्याहरु देखा पर्न सक्छ। एक अनुमान अनुसार डायबिटिजग्रस्त एक चौथाई मानिस समयमै यसको निदान गर्दैनन्। डायबिटिजको परिक्षणबाट तपाईले यो थाहा पाउनु हुनेछ कि तपाईले आफ्नो दिनचर्यामा बदलाव ल्याएर यसबाट बच्न सकिन्छ। न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा भनिएको छ कि दैनिक ३० मिनेटसम्म व्यायाम र केवल पाँच प्रतिशत वजन कम गरेर तपाई डायबिटिजको खतरा कम गर्न सक्नुहुन्छ। यस शोधमा भनिएको थियो कि फल, सागसब्जी र अन्य फाइबरयुक्त खाद्यपदार्थ सेवन गर्दा डायबिटिजको खतरा ५८ प्रतिशतले घटाउन सकिन्छ। डायबिटिजको जाँच तपाईले वर्षमा एक पटक त अवश्य नै गर्नुपर्छ।

एचआइभी
द टेरेन्स हिगिन्स ट्रस्ट(Terrence Higgins Trust) को एक आँकडा अनुसार ब्रिटेन जस्तो विकसित देशमा पनि एचआइभी संक्रमित ३३ प्रतिशत मानिसहरुलाई आफू एचआइभी संक्रमित भएको थाहा छैन। यसकारण तपाईहरुलाई सल्लाह छ कि तपाईले सुरक्षित तरिकाले यौन सम्बन्ध राख्नुभएको भएपनि यसको जाँच गर्नु खराब काम भने होइन। यो एक सामान्य रक्तजाँच हो। पुरुषहरुले हरेक पाँच वर्षमा यसको जाँच गर्न आवश्यक छ।

टेस्टिकुलर क्यान्सर
क्यान्सर रिसर्च युकेको अनुसार २० देखि ३९ वर्षका पुरुषहरुमा हुने सबैभन्दा सामान्य बिमारी हो टेस्टिकुलर क्यान्सर। यदि यो रोग समयमै थाहा पाइएमा यो सहजै ठिक हुन्छ। यद्यपि दुखाई नै यसको एकमात्र लक्षण हो, त्यसैले यसको लागि तपाईले नियमित स्व-जाँच गर्नुपर्छ। असामान्य फुलाईमा ध्यान दिनुपर्छ। तपाईले आफ्नो बुढी औंला र साइली औंलाको माध्यमबाट गाँठो पत्ता लगाउन सक्नुहुन्छ। सामान्यतया: यो गाँठो केराउको दाना आकारको हुन्छ। यसको लागि तपाईले तातो पानीले नुहाएपछि अन्डकोष जाँच गर्नुपर्छ। पुरुषहरुले हरेक महिना यसको जाँच गर्नुपर्छ।

कोलेस्ट्रोल

एलडिएल कोलेस्ट्रोल यानी ब्याड कोलेस्ट्रोललाई हृदयाघातको कारण मानिन्छ। तर के तपाईलाई थाहा छ हृदयाघातको पचास प्रतिशत मामिलामा एलडिएलको स्तर सामान्य हुन्छ। त्यसको मतलब यदि तपाईलाई मुटुरोग अथवा रक्तचापको समस्या छ भने तपाईले आफ्नो मुटुको नियमित जाँच गर्नुपर्छ। यसबाट तपाईले आफ्नो मुटुको स्वास्थ्यको बारेमा अन्दाज लगाउन सक्नुहुन्छ। पुरुषहरुले पाँच वर्षमा एक पटक आफ्नो कोलेस्ट्रोलको जाँच गर्नुपर्छ।

बिएमआई(बडी मास इन्डेक्स)

मोटोपन आजकल विश्वव्यापी समस्या बनेको छ। संसारभर करौंडो मानिस यसबाट पीडित छन्। मोटोपनको कारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग र अर्बुद जस्ता रोगहरु हुन् सक्छ। बिएमआई त्यो जाँच हो, जसमा कद अनुसार तपाईको लागि सही वजन पत्ता लगाइन्छ। यस जाँचबाट थाहा पाइन्छ कि कतै तपाईको वजन अधिक त भएको छैन या तपाई खतराको नजिक त हुनुहुन्न। १८.५ देखि २४.९ को बीचको बिएमआई सही मानिन्छ। यदि तपाईको बिएमआई यसभन्दा बढी छ भने यो यस कुराको संकेत हो कि तपाईको वजन कम गर्न आवश्यक छ। पुरुष हरेक तीन वर्षमा या वजन बढ्दा यसको जाँच गर्न सक्छन्।

दाँतको जाँच
दाँतको समस्या र हृदय रोग बीच सीधा सम्बन्ध हुन्छ।जब मुखमा रहेका ब्याक्टेरिया रगतको माध्यमबाट शरीरमा घुम्छ, तब त्यो हृदयसम्म रगत लिएर जाने धमनी फुल्ने कारण बन्न सक्छ। राम्रो खबर यो छ कि दाँतको समस्या यदि समयमै पत्ता लगाईएमा यसलाई पूरा ठीक गर्न सकिन्छ। पुरुषले वर्षमा दुई पटक दाँतको जाँच गर्नुपर्छ।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७१६:२१

दुधमा बेसार मिसाएर खाँदा हुन्छ यस्ता फाइदा !