शुक्रबार र शनिबार देशैभरी बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

Leaderboard Banner

काठमाडौँ – काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ । आजको नागरिक दैनिकमा समाचार छ ।

देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना छ । शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : शुक्रबार, चैत २२, २०७५०२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आलिया भट्टकी आमा किन पाकिस्तान नै जान चाहन्छिन् ? हिन्दुराष्ट्रको विपक्षमा…