घरमा लगाउनुहोस् यी ५ बिरुवा, टाढा टाढासम्म लामखुट्टेको नामो-निशान रहँदैन !

लामखुट्टेले समय समयमा डेंगु, मलेरियाको प्रकोप फैलाउँछन्। डेंगु ज्वरो र मलेरिया जस्ता रोगहरु कहिलेकाहिँ घातक पनि साबित हुन सक्छन्। यस्तो अवस्थामा समय मै यस्ता लामखुट्टेहरुबाट छुटकारा पाउनु आवश्यक हुने गर्छ। आउनुहोस् आज हामी तपाईंलाई यस्ता ५ बिरुवाहरुको बारेमा बताउछौं जसले घरको सौन्दर्य कायम राख्नुका साथै लामखुट्टेबाट पनि छुटकारा दिनेछ।

सिट्रोनला घाँस  

सिट्रोनला घाँस घर वरिपरीबाट लामखुट्टे भगाउने एक राम्रो तरिका हो। यस घाँसबाट निस्किने सिट्रोनला तेल मैनबत्ती, अत्तर, बत्ती जस्ता हर्बल उत्पादनहरुमा प्रयोग गरिन्छ। विशेष कुरा यो हो कि सिट्रोनेला घाँसले डेंगु ज्वरो तथा मलेरिया जस्ता रोगका कारण बन्ने लामखुट्टेलाई टाढा राख्न पनि निकै मद्दतगार हुन्छ।

सयपत्री फूल 

पहेंलो रङ्गको सयपत्री फूलले तपाईंको घरको सौन्दर्य मात्र बढाउँदैन। यसको सुगन्ध लामखुट्टे तपाईंको घरबाट भगाउनको लागि पनि मद्दतगार हुन्छ। कम मानिसको लागि मात्र यो कुरा थाहा हुन्छ कि यो फूल दुई प्रकारका हुन्छन्: अफ्रिकन र फ्रेन्च। यी दुबै बिरुवाहरु लामखुट्टे सहिष्णु छन्। सयपत्री फूल पहेंलो, गाडा सुन्तला तथा रातो रङ्गको हुन्छ।

तुलसी 

घरमा दैनिक रूपमा विष्णुको स्वरूप मानेर पूजा गर्ने तुलसीको विरुवाले घर वरिपरीबाट लामखुट्टे भगाउने काम पनि गर्छ। हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक मानिने तुलसीले लामखुट्टे भगाउनुका साथै थुप्रै लाभदायक काम गर्छ। घरबाट लामखुट्टे भगाउनका लागि घरमा तुलसीको विरुवा लगाउनुहोस्।

ल्याभेन्डर 

ल्याभेन्डरलाई लामखुट्टेको दुश्मन मानिन्छ। बजारमा पाइने हानिकारक लामखुट्टे प्रतिरोधी औषधिले छाला र स्वास्थ्यलाई हानी पुर्याउँछ। तर ल्याभेन्डरको बिरुवाको उपयोग लामखुट्टेलाई टाढा राख्नका लागि सबै भन्दाराम्रो विकल्प हुनसक्छ। एक रासायनिक मुक्त मस्किटो सुलुशन बनाउन, ल्याभेन्डर तेल पानीमा मिलाएर सिधै छालामा लागू गर्न पनि सकिन्छ।

रोजमेरी

रोजमेरी फूल नीलो रङ्गको हुन्छ। सयपत्री र ल्याभेन्डर जस्तै, यो पनि आफैंमा एक प्राकृतिक लामखुट्टे प्रतिरोधी हो। लामखुट्टेबाट बच्नको लागि एक चौंथाई जैतुनको तेममा ४ थोपा रोजमेरी लामखुट्टे प्रतिरोधी मिलाएर छालामा लगाउनुहोस्।

प्रकाशित : बुधबार, भदौ १६, २०७८१३:२६

खाना खाएपछि ५ देखि १० गर्नुहोस् यस्तो योगासन, चट हुनेछ पाचन सम्बन्धि समस्या !