उकालो लाग्यो सुनको मूल्य, १ सय ३ दिन यताकै महँगो भयो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार ह्वात्तै बढेर मंगलबार घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुन सोमबार ९२ हजार ५ सय र मंगलबार ९२ हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो। तेजाबी सुन भने सोमबार ९२ हजार र मंगलबार ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन साउन पछिकै महँगो

पछिल्लो वृद्धिसँगै नेपाली बजारमा सुन १५ गते यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन १ सय ३ दिन यताकै महँगो रहेको छ। त्यस दिन छापावाला सुन ९२ हजार ९ सय र तेजाबी सुन ९२ हजार ४ सय रुपैंयाँमा अकरोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थित रहेको छ। नेपाली बजारमा चाँदीको मूल्य घटबढ नभई १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, कार्तिक २४, २०७८११:५१

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस दुई डिग्री