ह्वात्तै बढ्यो सुनको मूल्य, ५ सय ५४ दिनकै महँगो भयो !

काठमाडौँ – फागुन महिना लागेयता लगातार बढिरहेको सुनको मूल्य आज बिहिबार ह्वात्तै बढेको छ। फागुन महिना लागेपछि अत्याधिक बढिरहेको सुनको मूल्य आज ह्वात्तै बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ हजार ५ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ हजार ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९५ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९६ हजार ६ सय, सोमबार ९६ हजार २ सय, मंगलबार ९७ हजार र बुधबार ९६ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९६ हजार १ सय, सोमबार ९५ हजार ७ सय, मंगलबार ९६ हजार ५ सय र बुधबार ९६ हजार रुपैंयाँमा कारोबार भएको थियो।

सुन ५ सय ५० बढी दिनकै महँगो

पछिल्लो वृद्धिसँगै सुन झन्डै डेढ वर्ष यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य ५ सय ५४ दिनकै महँगो हो। गत वर्ष भदौ ३ गते १ लाख ४ सय रुपैंयाँमा कारोबार भएतायता छापावाला सुन आजको जति मूल्यमा कहिले पनि कारोबार भएको छैन।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बिहिबार, फागुन १२, २०७८११:२६

राष्ट्र उत्थान लघुवित्तकाे आइपिओ आज बाँडफाँड हुँदै, कति मानिस बन्लान् भाग्यमानी ?