स्कुल बसले किचेर शिक्षिकाको मृत्यु , छोरा सकुशल !

Leaderboard Banner

काठमाडौँ : वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट वीरगञ्ज महानगरपालिका-१९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।

अलौं माविमा अध्यापन गराऊँदै आएकी उनी सवार मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिएपछि बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनका अनुसार बसको पछाडिको भागले किचेर गम्भीर घाइते भएकी चौरसियाको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालक उनकै छोरा साहिल चौरसिया भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

महिलालाई ठक्कर दिने बस सहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

प्रकाशित : बुधबार, बैशाख ०४, २०७६११:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चौधरी ग्रुपको उद्योगमा शक्तिशाली बम बिस्फोट !