आज फेरी सुनचाँदीको मुल्य!

काठमाडौँ, माघ २९  ।  आज (बुधबार) पनि  सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा २  सय रुपैयाले घटेको छ । महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७५  हजार ७  सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार   ४  सय रुपैया तोकेको छ ।

मंगलबार छापावाला  सुनको मूल्य प्रतितोला ७५  हजार ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयामा खरिद बिक्री भइरहेको थियो।

त्यसै गरि, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ७५  रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : बुधबार, माघ २९, २०७६०५:३६

एकै दिनमा २ हजारले घट्यो सुनको मुल्य, यस्तो छ आजको भाउ!