आज बिहान गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको रहेको खुलासा !

काठमाडौँ – शुक्रबार बिहान तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको छ। तिब्बत केन्द्रबिन्दु भएर शुक्रबार बिहान ७ बजेर २० मिनेटमा भूकम्प गएको हो।

तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको रहेको बताइएको छ। भूकम्पको धक्का काठमाण्डाै आसपासका क्षेत्रमा पनि महसुस गरिएकाे छ।

भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर (६ माईल भन्दा बढी) गहिराईमा रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। तिब्बतमा गएको भूकम्पले कति क्षति गर्यो भन्ने बारे कुनै जानकारी भने प्राप्त भएको छैन।

भारतीय र तिब्बती प्लेट जमीनमुनि निरन्तर ठोक्किइरहने हुँदा नेपाल तथा तिब्बत क्षेत्रमा भूकम्प जाने गरेका छन्। जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरु बताउँछन्।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०३:३९

निर्भया ह’त्याकाण्डका चारै जनालाई मृ-त्युदण्ड !